Fri. Jul 19th, 2024

तुल्सिपुर १७ भदौ/याम प्रसाद पाण्डे । नेपाल जेसिज अगस्ट महिनाको अवार्ड तुल्सिपुर नगर जेसिजलाई प्राप्त भएको छ।बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल जेसिजको वार्षिक कार्यक्रम मात्र होइन हरेक क्षेत्रमा यसको प्रभाव परेको छ।यस्तो अबस्थामा पनि तुल्सिपुर नगर जेसिजले सक्रिय हुँदै आफ्नो कार्यक्रम गर्दै आएको छ।
पछिल्लो अबस्थामा तुल्सिपुर नगर जेसिजले सक्रिय रुपमा काम गर्दै आएको र यसैको परिणाम स्वरुप नेपाल जेसिज अगस्ट महिनाको अवार्ड प्राप्त गर्ने सफलता मिलेको तुल्सिपुर नगर जेसिज बर्ष २०२०का अध्यक्ष मोहन सुनारले एक बिज्ञप्ति मार्फत बताउनु भएको छ। यस्तै बिज्ञप्तिमा यस सफलताको लागि तुल्सिपुर नगर जेसिज बर्ष २०२०का सम्पुर्ण पदाधिकारी,तुल्सिपुर नगर जेसिजका पुर्ब अध्यक्षहरु,सल्लाहकारहरु, बोर्डका साथीहरू लगायत तुल्सिपुर जेसिजलाई माया गर्ने सम्पुर्ण प्रती हार्दिक आभार प्रकट गरिएको कुरा तुल्सिपुर नगर जेसिज २०२०का प्रबक्ता शरद देवकोटाले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *