Sat. May 18th, 2024

कार्तिक२८।
प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिनाको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री ओलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।उनका अनुसार २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *