Sat. May 18th, 2024

९-भदौ बागलुङ। अविरल वर्षापछि मंगलबार बिहान ५ बजेतिर खसेको पहिरोले घर पुरिँदा बागलुङको अर्नाकोटमा एक जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले थाहा पाएर पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको थियो । मृतकका बाबु विदेशमा छन् । अन्य परिवारका सदस्य भए/नभएको अहिलेसम्म खुलेको छैन । मृतक परियार उक्त घरमा एक्लै बस्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *