वलि- प्रचण्डबिच बालुवाटारमा भेटबार्ता सुरु

Bydipak oli

२०७७ भाद्र ९, मंगलवार ०५:२० गते २०७७ भाद्र ९, मंगलवार ०५:२० गते २०७७ भाद्र ९, मंगलवार ०५:२० गते

९-भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

त्यस्तै दुई अध्यक्षको छलफलले सचिवालय बैठक बोलाउने समेत संभावना रहेको छ।

साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।

कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबिच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो