Wed. Nov 13th, 2024

जेष्ठ९, उमा पाैडल( रेखा)काठमाडौं ।

ब्लड डाेनर्स एसाेसिएसन नेपाल(ब्लडदान)ललितपुर जिल्ला साखा र नेपाल रेडक्रस साेसाईटी सेवा भक्तपुरकाे संयाेजकत्वमा आकश्मिक घरदैलाे रक्तदान अभियान सम्पन्न भएको छ।काेराेना भाइरस(काेभिड 19)माहामरीकाे समस्यामा “गराै रक्तदान आबश्यक सुरक्षा अपनाएर गराउ दक्तदान यस्काे महत्व बुझाएर” भन्ने नाराका साथ थालिएकाे अभियान ललितपुर जिल्ला अधक्ष्य श्री साधुराम महर्जनकाे अध्यक्षतामा जाउलाखेल खरिवाेटमा आज मिति २०७८/०२/०९ गते आईतबार ८:०० बजेबाट शुरु गरिएकाे छ। रक्तदान कार्यक्रममा समाधान समाज लगनखेल बाट ९ जना,ब्लाेडदान बाट २ जना,रास्ट्रबादी केन्द्र नेपालबाट १ जना,रेटक्रस साेसाईटी भक्तपुर( रक्त सञ्चार भक्तपुर)बाट ५ जना प्राबिधिक टाेलीहरु जाेखिमतालाई मध्यनजर गर्दै खटिनु भएकाे थियाे। रक्तदान कार्यक्रममा १)समर ढकाल साखु ,२)बिकाश तामाङ्ग ललितपसर लेले,३)धनकुमार तामाङ्ग काब्रे तेमाङ्,४)राजीप रम्तेल चापागाँउ ,५)ध्रुब कुमार अर्याल सर्लाही,६)सागर तामाङ्ग लगायत धेरैले अाफ्नाे रगत दान गर्नु भएकाे थियोे ।रक्तदान गर्नु हुनेहरु सबैलाई ब्लड डाेनर्स एसाेसियन नेपाल ललितपुर जिल्लाका अध्यक्ष साधुराम महर्जनले धन्यबाद दिदै आगामी दिनहरुमा पनि यसरी नै सेवा प्रति मन लागि रहाेस भन्दै कामना पनि गर्नु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *