Mon. May 12th, 2025

२असोज । आजबाट सुरु भएको मलमास आगामी असोज ३० गते शुक्रबारसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।मलमासलाई अधिकमासका नाम पनि भन्ने गरिन्छ । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजबाट सुरु भएको हो।

एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ। महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ। क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ। क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ।

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गरिन्छ। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात् गर्नु हुदैन । मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *