बैशाख२३,तुलसीपुर-दाङ । उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विजय वि क काेराेना संक्रमित विरामीहरूकाे उपचार एवं मनाेपरामर्श कार्यमा २४ सै घण्टा खटिरहेका छन् । विश्वव्यापी महामारीकाे रूपमा फैलिएको काेभिड-१९ राेगका कारण मानव जगत अाक्रान्त भै रहेको अवस्थामा अाफ्ना वडावासीहरूलाई सकेसम्म समस्यामा पर्न नदिन अाफु खटिरहेकाे उनी वताउछन् ।
काेराेना पुष्टि भएका विरामीहरूलाई घरमै गएर भेट्छन अात्मवल बढाउने परामर्श दिन्छन् ढुक्क रहनुस म छु तपाईहरू नअात्तिनुस मेराे लागेपुगेसम्म तपाईहरूलाई सहयोग गर्नेछु ।
जाताततै अक्सिजनकाे अभाव रहेको र उपचारका लागि बेड नपाएको अवस्थामा सके सम्म बेडकाे व्यवस्थापन गरेर उपचारकाे प्रबन्ध मिलाउने यदि साे सम्भव नभए घरमै अक्सिजनकाे व्यवस्था गरेर भए पनि उपचारको व्यवस्था गरिरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ३ भट्टे , गहते ,दमारगाउँमा काेभिड १९ का विरामीहरू छन जटिल अवस्थाका विरामीहरूकाे लागि विशेषज्ञ डाक्टरको समेत उपस्थिति गराई परामर्श दिईरहेका छन ।
हाम्रो कुरा सुन्ने मान्छे काेही थिएन तर अहिले तपाई प्रत्येक दिन फाेन मार्फत र बेलाबेलामा घरमै अाएर सल्लाह सुझाव र उपचारकाे व्यवस्था गरिदिनु भएकोमा हामीलाई बाँच्ने अाशा पलाएको छ । अक्सिजन अभावमा छटपटाईरहेकाे अवस्थामा घरमै व्यवस्था मिलाई सहजीकरण गरेकोमा हामी खुसी छाैं । हामीले भगवानकै रूपमा सम्झेका छाैं बिरामीको घर परिवार भन्छन् ।