Fri. Jan 24th, 2025

हेमन्त वली असार-०४,दाङ। नेकपा(माओवादी केन्द्र)का नेता गंगाधर गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन। आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा(माओवादी केन्द्र)तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को वडा कमिटिका सचिबालय सदस्य गैरेले माओवादी केन्द्र छोडी नेपाल कम्युनिस्ट पार्टी प्रबेश गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। बिज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)पुजीवादी संसदीय व्यवस्थामा पतन भएको,जनअपेक्षा अनुसार काम नगरेको,भ्रस्टाचार र सत्ता लिप्सामा चुर्लुम्म डुबेको,बैज्ञानिक समाजवादको विषयमा जनतामा भ्रम सिर्जना गरेकोले उक्त पार्टीमा जनताको भबिस्य र सिंगो कम्युनिस्ट पार्टीको भबिस्य नभएकोले पार्टी परित्याग गरेको जनाएका छन। सच्चा कम्युनिस्ट पार्टी अर्थात बैज्ञानिक समाजवाद स्थापनाका लागी एकीकृत जनक्रान्तिको कार्यदिशा सहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेको जानकारी गराउदै सम्पुर्ण देशभक्त क्रान्तिकारीहरुलाइ नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल समेत गरेको बिज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *