३० पौष, काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबार भित्रै कालोमोसो दलेका छन् ।
कलेजले अतिरिक्त शुल्क लिएको बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालय भित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।
यसअघि मेडिकल शिक्षामा चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा २० लाख बढी शुल्क असुली गरिएको भन्दै विद्यार्थीहरु आन्दोलन गर्दै आइरहेका थिए ।
काठमाडौ सिनामंगल स्थित काठमाडौ मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नोबेल मेडिकल कलेज लगाएतले चरम शुल्क असुलि गरेको भन्दै शिक्षण संस्थामा तालाबन्दी समेत गरिएको थियो ।
यसअघि काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्देशन दिएका थिए ।
विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी पैसा लिएको भन्दै उनको कलेजविरुद्ध विद्यार्थीहरूले पटक-पटक आन्दोलन गरेका छन् । बिहीवार पनि नोबेल मेडिकल कलेजमा विद्यार्थीले आन्दोलन गरेका थिए ।
शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, केन्द्रीय सदस्य अमर पुन लगायतलाई नियन्त्रणमा लिएको छ ।
शर्माले विद्यार्थी र अविभावकहरुलाई हतोत्साहित गर्ने, निणर्यमा नोड अफ डिसेन्ट लेख्ने र संगठनहरुलाई समेत दुव्र्यवहार गर्ने हर्कत गरेको आरोप लगाउदै संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट कालोमोसो दलिएको बताएका छन ।
उक्त घटनाको जिम्मेवारी भने सात विद्यार्थी संगठनले लिएका अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाहीले बताए