Mon. Dec 2nd, 2024

१९भदौ, काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बालुवाटारमा बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन्।मन्त्री खतिवडाको मन्त्री पद: भोलिबाट सकिँदैछ। खतिवडाले त्यसअघि नै राजीनामा दिन लागेका हुन्।

गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिए पनि उनी मन्त्री बनेका थिए। उनी मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ।राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेको छ। यससँगै खतिवडा मन्त्रपरिषदबाट बिदा हुन लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *