Wed. Nov 13th, 2024

२०भदौ। वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन्।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ।खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *