Sat. May 18th, 2024

टंक मल्ल/१६ जेठ तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखाेला स्थित झरणा टाेल निवासी दल बहादुर साहुकाे घर निर्माण सुरू भएको छ । वडा अध्यक्ष विजय वि क र त्यहाँका युवाहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू,देश तथा विदेशमा रहनुभएका दानदाताहरूकाे सक्रियता र सहयोगमा साहुकाे घर निर्माण हुने भएको छ । वडा अध्यक्ष विजय वि क काे विशेष पहलमा स्वयम् अध्यक्ष उपस्थित भएर निजको जग्गामा जग खन्ने काम सम्पन्न भएको छ । दियालो अनलाइन डट कम का प्रधान सम्पादक दिपक वली लगाएत सम्पूर्ण परिवारकाे उपस्थिति भएको थियोे । दियालो अनलाइन डट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा संकलन भएको सहयोग रकम पनि हस्तान्तरण गरिएको थियोे । त्यस क्षेत्रका विप्लव वली लगाएतका युवाहरूले अाफुहरू खटिरहेकाे र दाताहरूले गरेको सहयोग बाट संकलित रकम र सामानबाट बर्षा सुरू नहुदै घर निर्माण गरिसक्ने अठोट गर्नुभएको छ। उक्त घर निर्माणमा सहयोग गर्न चाहाने दानदाताहरूका लागि लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर 9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *