Fri. Jun 21st, 2024

तुल्सिपुर ३ असोज/ याम प्रसाद पाण्डे
संविधान दिवसको अबसरमा आहा तुल्सिपुर अभियान ,फेमिना ग्रुप र नमुना साम्सदद्वारा तुल्सिपुरको मदन अाश्रित चोकमा अनौपचारिक कार्यक्रम गरि दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।उक्त दिप प्रज्वलन कार्यक्रममा तुल्सिपुर उपमहानगरपाकिका ६ का वार्ड अध्यक्ष नबराज लामिछाने,तु.न.पा १२ का अध्यक्ष श्याम डागि ,अनेरास्ववियू केन्द्रिय अनुशासन अयोगका सदस्य बिरबल खड्का,युबा परिषद दाङका अध्यक्ष सुरेश रावत त्यस्तै वार्ड न.६ का सदस्य बर्साद भण्डारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी सम्पुर्णलाई आहा तुल्सिपुर अभियानका सम्योजक दिपक काफ्लेले धन्यबाद व्यक्त गर्नु भएको थियोे । त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानमा उल्लेख गरेजस्तै युवाहरूलाई उचित अधिकार र अबसर राज्यबाट प्रदान गरिनुपर्ने भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण सुमन वलीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *