Mon. Oct 14th, 2024

मङ्सिर १७ , सल्यान ।

सल्यानमा यात्रु बाहक बस दुर्घटना भएको छ । बुधबार नेपालगन्ज बाट रुकुम चौरजहरी जादै गरेको ना ४ ख ६६,१५ नम्बर यात्रुबाहक बस सल्यान जिल्लाको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटना भएको हो । दुर्घटना परि ६ जना गम्भिर घाइते भएका छन् भने बाँकिलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोबिन्द थापाले बताए । गम्भिर घाईते हुनेहरुमा कुमाख गाउँपालिका ४ बस्ने बर्ष ४० की देबि बुढाथोकी, सोही ठाउँ बस्ने १३ बर्षिय उत्तम बिसि, बर्ष ५० की छाया सोही, रुकुम पश्च्मि चौरजाहारी नगरपालिका १ बस्ने बर्ष ३८ की साहुनी गोसाई, सोही ठाउँका बर्ष ४० का खडक बहादुर गोसाई, र कुमाख गाउँपालिका १ का बर्ष १५ का निम बहादुर बुढाथोकी रहेका छन् ।

घाइतेहरुको उद्धारका लागि ईलाका प्रहरी कार्यालय चौरजहारि रुकुम पश्चिमबाट प्रहरी निरीक्षक कृष्ण डाँगी नेतृत्व र इलाका प्रहरी कार्यालय रागेचौर र प्रहरी चौकी नेटा बाट प्रहरी खटिइ घाइतेहरुलाइ उद्दार भइरहेको प्रहरीको भनाई छ । २५ जना सवार रहेको बस दिउसो करिब ४ः२० मा र्दुघटना भएको भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई उपचारको लागि नेपालगंज रिफर गरिएको छ भने अन्य सामान्य घाईते भएकाहरुको स्थानिय मेडिकलहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बस सडक बाट ३० मिटर तल खसेको थियोे ।थप बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *