Thu. Mar 27th, 2025

सान्नी त्रिवेणि गाउँपालिकाका प्रतेक सामुदायिक विद्यालयको अनुगमन तथा निरिक्षण गरिएको छ ।गुणस्तरीय शिक्षाका लागि अपनाउनु पर्ने विधि,समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समिति,अभिभावक संघ,शिक्षक अभिभावकर स्थानिय सरकारले थाल्नु पर्ने भुमिकाका विषयमा समेत छलफल गरिएको छ ।

सामुदायिक विद्यालयको अबस्था के छ। सुधार गर्नु पर्ने पक्षहरु के-के छन र आवश्यकता के छ भन्ने विषयमा अनुगमन गरिएको प्रवक्ता रंगलाल देवकोटाले जानकारि दिए ।

गुणस्तरीय शिक्षा लागू गर्नका लागि,शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनका लागि,विभिन्न अनियमिततालाई अन्त्य गर्नका लागि पालिकाले स्थलगत अनुगमन तथा निरिक्षण थालेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि (महेस)ले बताए। उनले भने अर्काले गरेको अनुगमन पक्षपात, बढाई चढाई हुने र वास्तविक समस्या छुट्ने भएको हुँदा जनप्रतिनिधि सहित शिक्षा समितिको टोलि स्थलगत अनुगमनमा पुगेको हो । उनले भने,भौतिक संरचना निर्माणमा कुनै कन्जुसाई नगरी पालिकाले पुर्ति गर्छ । विद्यालय प्रशासन क्षेत्रवाट शिक्षणमा प्रभावकारी रुपमा शिक्षकले लिनुपर्छ । आजको आवश्यकता भनेको गुणस्तरीय शिक्षा हो।

जनताको अमूल्य मत पाएर निर्वाचित जनप्रतिनिधिले गुणस्तरीय शिक्षा लागू गर्न नसके आफुहरु असफल हुने बताउदै शिक्षकहरुले बिशेष गरि पठन पाठनमा ध्यान दिनु पर्ने बताए । विद्यालय संचालनमा देखिएका समस्या भवन, खानेपानि, सौचालय ,फिल्ड निर्माण, घेरवार, फर्निचर , शिक्षक व्यवस्थापन लगायतका कुराहरु पालिकाले पूरा गर्ने बताए । उनले विद्यालय व्यवस्थापन समितिलाई पनि चलायमान हुन आग्रह गर्दै २ महिनामा एक पटक वैठक वसि छलफल गर्न समेत आग्रह गरे ।

शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि र गुणस्तरीय शिक्षा लागू गर्नका लागि अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा २० लाख रकम थप गरेको अध्यक्ष केसिले बताए । विद्यालयको प्रशासनिक क्षेत्रलाई मजबुत बनाउनका लागि विद्यालय व्यवस्थापन समितिले कडा रुपमा लाग्न र समितिले पनि आफ्नो जिम्मेवारिलाई पूरा गर्न निर्देशन दिए ।

गुणस्तरीय शिक्षा लागू गर्नका लागि पहिलो कुरा शिक्षकले नियमित हुनु पर्ने र आफ्नो काम कर्तव्यलाई पनि ध्यान दिनु पर्ने प्रवक्ता रंगलाल देवकोटाले वताए । आजको यो पालिकाको संयुक्त अनुगमन रहेपनि शिक्षा समितिले पटक पटक छड्के अनुगमन गरि लापरबाही गर्ने शिक्षकलाई कार्वाही गर्ने सामाजिक विकास समिति संयोजक जय प्रसाद सिम्खाडाले वताए ।

शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि र गुणस्तरीय शिक्षा लागू गर्नका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको सम्बन्ध नङ र मासुको जस्तै हुनु पर्ने शिक्षा अनुगमन समिति सदस्य मिठ्ठु शाहि बम ९ सैलेजा० ले बताईन । उनले गुणस्तरीय शिक्षा लागू गर्नका लागि एउटा पक्षले मात्र नसक्ने भन्दै सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताईन ।

पालिकामा रहेका सवै सामुदायिक विद्यालयको अनुगमन गरि समस्या पहिचान गर्ने र सुधार गर्नु पर्ने पक्षलाई तत्काल सुधार गरि शिक्षामा परिवर्तन ल्याउने गाउँपालिकाले जनाएको छ । पालिकाका सम्पुर्ण सामुदायिक विद्यालयको अनुगमन गरे पश्चात गाउँ कार्यपालिकाको वैठक वसि आवश्यक निर्णय गरि लागू गर्ने वताईएको छ । अनुगमनका क्रममा कुनै विद्यालयमा प्रशासनिक कमजोरि देखिएको छ भने कुनै विद्यालयमा भौतिक संरचनाको अभाव, शिक्षकको लापर्वाहि देखिएको छ ।

कार्यक्रममा सान्नी त्रिवेणि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी (महेस) गाउँपालिका प्रवक्ता रंगलाल देबकोटा,वडानं-७ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक जय प्रसाद सिम्खाडा, शिक्षा अनुगमन समिति सदस्य मिठ्ठु बम शाहि(सैलेजा) वडानं-९ का वडा अध्यक्ष नरपती तिरुवा,वडानं -८ का वडा अध्यक्ष नौलाशिंह बुढा, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागितामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *