कार्तिक२६।
हिजो मंगलबार एकैदिन ३ हजार बढीले घटेको सुनको मूल्य बुधबार फेरि उकालो लागेको छ। आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। ५ रुपैयाँले बढेर चाँदी तोलाको १२सय २० रुपैयाँमा बिक्री भइरहेको छ।अमेरिकी चुनावको प्रभाव र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप बनेको खबरले सुनको मूल्यमा प्रभाव परेको भनाइ छ।