कक्षा १२ को आन्तरिक मूल्याङ्कन मंसिर ८ गतेभित्र सम्पन्न गर्न निर्देशन

Bydipak oli

२०७७ कार्तिक २६, बुधबार ०६:४४ गते २०७७ कार्तिक २६, बुधबार ०६:४४ गते २०७७ कार्तिक २६, बुधबार ०६:४४ गते

कार्तिक २६।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ।
२०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी भइसकेको पनि बोर्डले जनाएको छ।

उक्त कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो