Sat. May 18th, 2024

तुल्सिपुर,१८ भदौ/दिपक ओलि हिरा डागिं फाउण्डेशनले प्रहरीलाई मास्क लगाएत का स्वस्थ्य सामाग्री एबम खाजा जन्य बस्तु हस्तान्तरण गरेको छ । कोभिड १९का कारण उत्पन्न असहज परिस्थिती लाई मध्येनजर गर्दै जनताको जीउ,धन र शान्ति सुरक्षाका लागि फ्रण्ट लाईनमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि मास्क, पानी र बिष्कुट हस्तान्तरण गरीएको हिरा डँँगि फाउण्डेशनका अध्यक्ष प्रकाश डाँगीले बताउनुभयो ।

सामाग्रिहरु फाउण्डेशनका जिवेश नाथ योगी,प्रवक्ता प्रवेश भुषाल सहितको टोलिले हस्तान्तरण गरेको हो । हिरा डाँगिलाई केही समय अघि तुलसिपुरमा गुण्डाहरुले हत्या गरेका थिए ।

युवाहरुले प्रहरीलाई गरेको सामाजिक कार्यप्रति ईलाका प्रहरी कार्यालयका प्रमुख शिव बहादुर सिंहले खुसि हुँदै बिशेष धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *