Tue. Feb 27th, 2024

हुम्ला प्रेमिका भेट्न पुगेका रुकुम पूर्वका एक युबकको हत्या

Bydipak oli

२०७९ चैत्र २४, शुक्रबार १३:५५ गते २०७९ चैत्र २४, शुक्रबार १३:५५ गते २०७९ चैत्र २४, शुक्रबार १३:५५ गते

दाङ एलिन के सी चेैत २४
प्रेमिका भेट्न हुम्ला पुगेका पुर्वि रुकुमका संसार घर्ति मगरको शब चार महिना पछि खोलामा भेटिएको छ। आज भन्दा ४ महिना अघि मङ्सिर ६ गते आफ्नो प्रेमिका भेट्न हिडेका थिए।उनकी प्रमिका हम्लाको चंखेलि गाउपालिकामा जागिर गरि रहेकि थिइन्।संसार मङ्सिर ८ गते हुम्ला पुगेका थिए।त्यसपछि उनका साथी महेश खड्कालाई आत्तिएर फोन गरेका थिए।उनका साथी महेश खड्काका अनुसार फोनमा आफुलाई केटाहरुले लखेटेर सडक देखि तल खसालेको बताए।यस कुराकानि नै संसारको अन्तिम कुराकानी रहयो।उनको शब ४ महिना पछि चेैत १२ गते चंखेलि गाउपालिका ६ स्थित कर्णली नदिमा फेला परेको छ।उनको शब खोलामा माछा मार्ने क्रममा माझिहरुको खोलामा अड्किएको अबस्था फेला पारेका हुन्।शबको पहिचान गर्न उनका आमा बुबा दाई गएका हन्। उनले लगाएका घडि मालाहरुबाट शब पहिचान गर्न सहज भएको थियो।उनको परिवार मङ्गलबार राति नेै घटना स्थलमा पुगेका थिए।प्रहरीले मान्छे बेपत्ता परेको भनेर पहिले नै उजुरीको आधारमा ४ जनालाई पक्राउ गरेर अनुसन्धान भइ रहेको थियो।यस घटनामा सत्य तथ्य छानबिन भइ दोषिलाई कडा कार्बाहिहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *