Sun. Jun 16th, 2024

चैत /१३ दिपक वलि नेकपा माओवादी केन्द्र तुलसीपुर ५ को बैठक भएको छ ।

पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा प्रदेश कमिटि सदस्य एवं नगर कमिटि इञ्चार्ज प्रेमराज वली‘प्रभात’को प्रमुख आतिथ्यमा बैठक भएको हो । बैठकले अब कमिटि चुनाब केन्द्रित हुने निर्णय गरेको छ ।

अब सबै जनताको घर–घरमा पुग्ने अभियान सञ्चालन भएको वडाध्यक्ष वलीले बताए । उनका अनुसार वडा न.. ५ बाट माओवादीले विजयी हाँसिल गर्न सक्ने भन्दै त्यसकालागि अब गतिबिधि अगाडी बढाउन लागिएको बताए । टोल तथा घरघरमा जानकालागि बिभिन्न विभागहरु समेत गठन गरिएको छ । त्यस्तै वडा पार्टीको भवन निर्माणको काम पनि अघि बढेको उनले बताए ।

त्यस अवसरमा प्रमुख अतिथि वलीले माओवादी अहिले पनि बलियो रहेको बताएका थिए । बसै पार्टीपंक्ति सक्रिय भएर लागे तुलसीपुरमै धेरै वडाहरुमा जित हात पार्न सकिने बताएका थिए । त्यस अवसरमा पार्टीका नेता प्रेम बाँठा, नगर कार्यालय सदस्य शसिकिरण ढकाल, पार्टीका वडा इञ्चार्ज तथा नगर सचिबालय सदस्य मिनराज भण्डारी, सहइञ्चार्जहरु प्रकाश वली, दीपक वली, नगर कमिटि सदस्य दीपक बोहरा, भीम केसीलगायतले आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर गाउँ–गाउँ तथा टोलमा अभियान लैजानुपर्ने बताएका थिए ।

साथै वैशाख १९ गते शनिबार वडा स्तरीय बृहत कार्यकर्ता प्रशिक्षणको समेत आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *