अल्का अस्पतालमा कार्यरत् एक महिलाको शव फेला

Bydipak oli

२०७७ भाद्र २०, शनिबार ०८:४४ गते २०७७ भाद्र २०, शनिबार ०८:४४ गते २०७७ भाद्र २०, शनिबार ०८:४४ गते

२०भदौ। ललितपुरको अल्का अस्पतालमा कार्यरत् एक महिलाको शव फेला परेको छ।शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। ‘उहाँको शव जंगलमा फेला परेको छ। हत्या वा के हो भन्ने अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

बुङमति बस्दै आएकी गीता घरबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। उनी चार दिनदेखि बेपत्ता थिइन्।घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक युवकलाई पनि नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो