आहा तुलसीपुर र फेमिना ग्रुपद्वारा बृक्षारोपन

Bydipak oli

२०७७ श्रावण ३१, शनिबार ०८:४३ गते २०७७ श्रावण ३१, शनिबार ०८:४३ गते २०७७ श्रावण ३१, शनिबार ०८:४३ गते

ललित के सि /तुलसीपुर ३१,दाङ । तुलसीपुर उपमहानगरपालिकाको बिशेष पहल तथा बाताबरण, हरियाली प्रबद्वन शाखा अधिकृत प्रसाशन वलीको रहोबर र डिभिजन कार्यालयको सहयोगमा आहा तुलसीपुर अभियानका २५ जना र फेमिना ग्रुपका ७ जना द्वारा तुलसीपुर बसपार्कका बिभिन्न ठाउहरुमा फरक फरक प्रजातिका ६० वटा बिरुवा लगाईएको आहा अभियानका अभियान्ता याम प्रसाद पाण्डेले बताए।

त्यस्तै सामुहिक ग्रुपमा मिलेर धेरै सामाजिक कामहरुमा सहभागि हुन पाउदा निकै उत्साहित भएको कुरा आहा टिमका निकै सक्रिय अभियान्ता सुबम खड्का र फेमिना ग्रुपकि अस्मिता आचार्यले प्रतिक्रिया जनाए ।

यस्तै अब आगामी दिनहरुमा अझै सक्रिय रुपमा लागेर सामजिक रुपमा जोडिन चाहने युबाहरुलाई आफ्नो अभियानमा जोडिदै लगिने कुरा समेत आहा तुलसीपुरका संयोजक दिपक काफ्लेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो