Thu. Apr 16th, 2026

उज्यालो नेटवर्क एन्ड मल्टीपर्पज प्राली र दुर्गा मिठाई पसलद्वारा भित्तेपात्रो सार्वजनिकउज्यालो नेटवर्क एन्ड मल्टीपर्पज प्राली र दुर्गा मिठाई पसलद्वारा भित्तेपात्रो सार्वजनिक
तुलसीपुर | उज्यालो नेटवर्क एन्ड मल्टीपर्पज प्राली तथा दुर्गा मिठाई पसलको संयुक्त आयोजनामा नववर्ष २०८३ साल को अवसर पारेर भित्तेपात्रो सार्वजनिक गरिएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित बीएसएस पार्टी प्यालेसमा आयोजित कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक तथा लोकदोहोरी प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष बद्री पंगेनी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने चर्चित हाँस्य कलाकार कुलबहादुर ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै सञ्चारकर्मी, स्थानीय कलाकारहरू तथा नृत्याङ्गनाहरूको आकर्षक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। विशेषगरी प्राकृतिक कला केन्द्रका कलाकारहरूको नृत्य प्रस्तुति दर्शकहरूको मन जित्न सफल भयो।
कार्यक्रमको सुरुवात बेलमती लामाको स्वागत तथा शुभकामना मन्तव्यबाट गरिएको थियो भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी भीम ओली (एसबी) ले गर्नुभएको थियो।
कार्यक्रमको सभाध्यक्षता दीपक ओलीले गर्नुभएको थियो भने उहाँकै सभापतित्वमा कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले कला, संस्कृति तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *