Sat. Mar 21st, 2026

मङ्सिर १९

उत्तर कोरियामा कोरोना भाइरसबाट जोगिन लागू गरिएका नियम नमानेको भन्दै एक जनाको गोली हानी मारिएकोछ।
चिनियाँ सीमामा तस्करी गरेको आरोपमा उनलाई गत नोभेम्बर २८ तारिखमा गोली हानेर मारेको रेडियो फ्री एसियाले जनाएको छ।

नागरिकले कोरोनाभाइरसबाट जोगिन मान्न पर्ने नियमको पालना गरून् भन्ने उद्देश्यले तर्साउनका लागि सार्वजनिक रूपमै उनलाई गोली हानी मारिएको समाचार उल्लेख गरिएको छ।उत्तर कोरियाले अहिलेसम्म कोरोनाभाइरसका संक्रमित नभेटिएको दाबी गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *