कमल खड्का नेपाल आविष्कार तथा खोज अनुसन्धान विकास केन्द्रको उपाध्यक्षमा निर्वाचित

Bydipak oli

२०८२ असार ३१, मंगलवार १४:३१ गते २०८२ असार ३१, मंगलवार १४:३१ गते २०८२ असार ३१, मंगलवार १४:३१ गते

कमल खड्का नेपाल आविष्कार तथा खोज अनुसन्धान विकास केन्द्रको उपाध्यक्षमा निर्वाचित

काठमाडौं, २०८२— नेपाल आविष्कार तथा खोज अनुसन्धान विकास केन्द्रको हालै सम्पन्न निर्वाचनबाट कमल खड्का उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। नवप्रवर्तन, अनुसन्धान र प्रविधिमा दीर्घकालीन योगदानको प्रतिबद्धता राख्ने खड्का अब केन्द्रको नेतृत्व टोलीमा महत्त्वपूर्ण भूमिकामा रहनेछन्।

उक्त निर्वाचनमा संस्थाका सक्रिय सदस्यहरूको सर्वसम्मत निर्णयबाट उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो। निर्वाचनपछि आयोजित कार्यक्रममा नव-निर्वाचित उपाध्यक्ष खडकाले केन्द्रका उद्देश्यहरूलाई अझ प्रभावकारी बनाउँदै देशको नवप्रवर्तनशील भविष्य निर्माण गर्ने प्रतिबद्धता जनाए

उनले भने नेपाल आविष्कार तथा खोज अनुसन्धान विकास केन्द्रले वैज्ञानिक सोच, युवा सशक्तिकरण र प्रविधिमूलक आत्मनिर्भरताको दिशामा काम गर्दै आएको संस्था हो। उपाध्यक्ष खड्काले आफूले यी प्रमुख उद्देश्यहरूलाई कार्यान्वयनमा ल्याउने स्पष्ट योजना अघि सारेका छन्:

१. वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन

– नयाँ आविष्कार, अनुसन्धान, प्रविधिको विकासमा सहयोग गर्ने
– स्थानीय समस्या समाधान गर्न स्थानीय स्रोत र सीपमा आधारित प्रविधि विकास गर्ने

२. युवा तथा वैज्ञानिकहरूलाई अवसर दिनु

– प्रतिभाशाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकलाई सहयोग
– प्रयोगशाला, उपकरण, मार्गदर्शन र अनुदान उपलब्ध

३. आत्मनिर्भरता र आयात प्रतिस्थापन

– स्वदेशमै प्रविधिको विकास गरेर आयात घटाउने
– घरेलु उत्पादनलाई वैज्ञानिक आधारमा सुधार गर्ने

४. शैक्षिक तथा औद्योगिक अनुसन्धानमा सहकार्य

– विश्वविद्यालय, इञ्जिनियरिङ कलेज, अनुसन्धान संस्था र उद्योगबीच

५.समाजमा वैज्ञानिक चेतना फैलाउने

– विज्ञान मेला, प्रदर्शनी, प्रतियोगिता, कार्यशाला जस्ता कार्यक्रम
– जनस्तरमा वैज्ञानिक सोच

६. प्राकृतिक स्रोत संरक्षण र नवप्रवर्तनमा प्रयोग

– जल, कृषि, ऊर्जा, जैव विविधताको संरक्षण र प्रविधि उपयोग

७. दुर्गम क्षेत्रका लागि प्रविधि समाधान विकास

– सरल, सस्तो, टिकाउ प्रविधिको विकास र उपयोग

उपाध्यक्ष खड्काको भनाइ

“नेपालमा मौलिक प्रविधि विकास गरेर युवालाई उत्प्रेरित गर्न जरुरी छ। केन्द्रमार्फत स्थानीय सीप र सोचको प्रयोग गरेर स्वदेशमै नवप्रवर्तन संस्कृति विकास गरिन्छ,” — कमल खड्का, उपाध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो