Thu. May 2nd, 2024

१३भदौ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १,०६९ जनामा देखिएको र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४०,५९९ पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

मङ्गलवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको बताए।

यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *