कोरोना अपडेट: १,३२५ जनामा संक्रमण , १० जनाको मृत्यु

Bydipak oli

२०७७ आश्विन ४, आईतवार ११:४९ गते २०७७ आश्विन ४, आईतवार ११:४९ गते २०७७ आश्विन ४, आईतवार ११:४९ गते

४असोज। आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।आज थप मृतक १० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो