जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान

Bydipak oli

२०७८ असार २६, शनिबार १२:५३ गते २०७८ असार २६, शनिबार १२:५३ गते २०७८ असार २६, शनिबार १२:५३ गते

इश्वर वि सी/२६असार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्वर्गद्वारी टाेल वस्ने सहयोग दाता समाजसेवी कमला वलीले जन्म दिनको अवसरमा रू ५०००।-(पाँच हजार)अार्थिक सहयोग प्रदान गर्नुभएको छ। मनकी धनी, दयाकी खानी, समाजसेवी कमला वलीले दियालो अनलाइनडट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा अाफ्नाे जन्म दिनमा अार्थिक सहयोग गर्नुभएको छ । काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनकी धनी कमला वलीले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको छ । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले अझैपनि अार्थिक अभावका कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदाय, एकल महिला लगाएतका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो