जो वाइडेन विजयी भएसँगै नेपाली आप्रवासी खुशी

Bydipak oli

२०७७ कार्तिक २४, सोमबार ०७:५२ गते २०७७ कार्तिक २४, सोमबार ०७:५२ गते २०७७ कार्तिक २४, सोमबार ०७:५२ गते

कार्तिक२४।
अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन्। यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकन पनि रहेका छन्। खासगरी अमेरिकामा रहेका नेपालीहरु स्वास्थ्य बीमा, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन्।

सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ। ‘जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ’ , वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट ह्यारी भण्डारीले भने, ‘अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ।’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो