Wed. May 1st, 2024

असाेज ९ : उमा पाैडेल ( रेखा )। झापाबाट लागू औषत ब्राउण सुगर सहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा बिर्तामाेड ३ का २४ बर्षीय विशाल राजबंशी, १५ बर्षीय नरप्रसाद राजबंशी, बिर्तामाेड २ का २२ बर्षीय प्रदीप राजबंशी रहेका छन । हिजाे राती झापाकाे अर्जुनधारा ११ बसपार्कबाट विशाल र नरप्रसादलाई ११ ग्राम ब्राउण सुगर सहित र बिर्तामाेडकाे भवन चाेकबाट प्रदीपलाई १० ग्राम ब्राउण्ड सुगर सहित पक्राउ गरिएकाे हाे । पक्राउ परेका विशाल, नरप्रसाद र प्रदीप यी तीनै जना उपर थप अनुसन्धान साथै कार्वाही प्रक्रिया अगाडि बढाईएकाे ईलाका प्रहरी कार्यलय अनारमनी झापाले जनाएकाेछ ।

त्यसै उदयपुरकाे त्रियुगा नगर पालिका २ फत्तेपुरबाट लागू अाैषत सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा त्रियुगानगरपालिका १२ का १९ बर्षीय रमउदिम अंसारी , २० बर्षीय मिलन बिस्वकर्मा , २० बर्षकै सागर पाैडेल २२ बर्षीय शीव अधिकारी ,२२ बर्षकै विशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन । विशेष सुराकीका अाधारमा फत्तेपुरमा चेकजाच गर्ने क्रममा फेनेरागन ३५ एमफुल , डाईजाेपा ३५ एमफुल, लुकिजेसे ३५ एमफुल गरि १०५ एमफुल लागू अाैसत सहित उनीहरुलाई पक्राउ गरिएकाे हाे साथै उनीहरुले प्रयाेग गर्दै गरेकाे स १ प ३२ नम्बरकाे माेटरसाईकल समेत बरामत गरेकाेछ भने त्यसै गरि उदयपुर त्रियुगा ६ लालपट्टाबाट लागू अाैसत सहित सप्तरीका २ दम्पतिलाई पनि पक्राउ गरिएकाेछ पक्राउ पर्ने दम्पति ३१ बर्षीय प्रमेश मिया र २६ बर्षीय हजाराैखातुन रहेकाछन । उनिहरुकाे साथबाट फेनेरागन ६० एमफुल , डाईजाेपा ६० एमफुल , लुकीजेफेल ६० एमफुल गरि १८० एमफुल लागुअाैसत बरामत गरिएकाेछ । पक्राउ परेका सबैलाई लागुअाैसत तथा दुर्बेसनिय मुद्दामा कार्बाही शुरु गरिएकाे जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *