दाङमा भोलिबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ला रहने

Bydipak oli

२०७७ भाद्र २८, आईतवार ०९:१० गते २०७७ भाद्र २८, आईतवार ०९:१० गते २०७७ भाद्र २८, आईतवार ०९:१० गते

२८भदौ। दाङमा भोलिबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ला रहने भएको छ। दाङमा स्वरुप परिवर्तन गरि थप गरिएको लकडाउनको समय आज राती १२ बजेपछि समाप्त हुदैछ। यसैक्रममा जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले अब जिल्लामा भोलिबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खोल्ने निर्णय गरेको हो। जिल्ला भित्र कलकारखाना, उद्योग सङ्गै बिकास निर्माणका कार्यहरुपनि अवस्यक स्वास्थ सुरक्षा अपनाएर सञ्चालन गर्न पाइने भएको छ।

जिल्ला भित्र सार्वजनिक सवारीसाधन भने जोर- बिजोरका आधारमा सञ्चालन गर्न पाइने भएको छ। बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म भने अत्यावश्यक काम अनि सवारी साधनहरु मात्र चलाउन पाइने छ।यो संगै जिल्ला भित्र लागू भएको दुई साता लामो लकडाउन अर्को सूचना नआउँदा सम्मकालागी अन्त्य भएको छ। संकट व्यवस्थापन केन्द्रले संक्रमणको जोखिम अझैपनि कायमै रहेकाले सम्पुर्णमा स्वास्थ सुरक्षाको पालना गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो