Fri. May 1st, 2026

ईन्द्र बहादुर डाँगी २४भदौ, दाङ । त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लिको केन्द्रिय कार्यालय तुल्सिपुरमा आवस्यक स्वास्थ सुरक्षा अपनाउदै आज दाङका यातायात व्यावसायि र मजदुरहरुको संयुक्त बैठक सम्पन्न भएको छ। अम्बिकेश्वरी यातायात सेवा प्रालीका अध्यक्ष ज्ञान बहादुर बस्नेत काे अध्यक्षतामा बैठक सन्चालन गरिएको थियो।

दाङमा रहेका यातायात मजदुर संघ संगठनहरुको उपस्थिति रहेको उक्त बैठकमा बक्ताहरुले यस कठिन प्रस्थितिमा सम्पुर्ण यातायात व्यावसायि तथा मजदुरहरु एक हुनुपर्नेमा जोड दिएका थिए । यातायात व्यावसायि तथा मजदुरहरुले राज्यले आफुहरुको समस्या समाधानका लागि कुनैपनि भुमिका नखेलेकोमा राज्यप्रती आक्रोश व्यक्त गरेका थिए । बैठकले दाङमा रहेका सम्पुर्ण प्रालीहरु बीच सहकार्य गर्दै एक प्रणाली माध्यमबाट असोज १ गते बिश्वकर्मा बाबाकाे पुजाकाे दिन देखि यातायात संचालन गर्ने सहमती गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *