दाङमा स्वरुप परिवर्तन गरेर थप एक हप्ता लकडाउन थपियो

Bydipak oli

२०७७ भाद्र २१, आईतवार १०:०८ गते २०७७ भाद्र २१, आईतवार १०:०८ गते २०७७ भाद्र २१, आईतवार १०:०८ गते

२१भदौ,दाङ । दाङमा स्वरुप परिवर्तन गरेर थप एक हप्ता लकडाउन थपिएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन केन्द्रको आईतबार बसेको बैठकले समुदाय स्तरमा कोरोना फ़ैलिने सम्भावना कायमै रहेकाले भदौ २८ गतेसम्म लकडाउन थपेको हो ।दाङका प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गोविन्द रिजालका अनुसार लकडाउन पहिलेको भन्दा खुकुलो हुनेछ ।

दाङमा अब भोलि देखी विहान १२ बजेसम्म आवस्यक सुरक्षा अपनाएर बजार खोल्न पाइनेछ । विहान १२ बजेसम्म निजि सवारीमा जोर विजोर लागु गरि सञ्चालन गर्न पाइने भएको छ भने सार्वजनिक सवारी संचालन गर्न पाइने छैन ।जिल्ला भित्र १२ बजेपछि अत्यावश्यक बाहेक अरु सम्पुर्ण बन्द हुनेछन् ।यस अघि भदौ १४ गते राती १२:०० बजेदेखि आज राति १२ बजेसम्मका लागि लकडाउन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो