दाङ एमालेमा ठुलो झड्का:एमाले जिल्ला कमिटि सदस्य रहिसकेकी राना माओवादी केन्द्रमा प्रवेश
–
नेकपा एमाले परित्याग गरेर एमाले नेता सुमित्रा रानाले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।
नेकपा (माओवादी केन्द्र) बबई गाउँ कमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रमामा रानाले माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
रानालाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व अर्थमन्त्री धन बहादुर मास्कीले खादा ओडाएर पार्टीमा समाहित गराएका हुन् ।
नेकपा (एमाले)को जिल्ला कमिटि सदस्य तथा अनेम संघ उपाध्यक्षमा रहेर काम गरिसकेकी सुमित्रा रानालाई स्वही कार्यक्रममा पार्टी सदस्यता प्रदान गरिएको छ ।