दाङ तुलसीपुर बसपार्कमा कुसुम्या सप्लायर्स सञ्चालनमा
दाङ, तुलसीपुर ।
दाङको तुलसीपुर बसपार्कमा कुसुम्या सप्लायर्स औपचारिक रूपमा सञ्चालनमा आएको छ। कृषकहरूलाई मध्यनजर गर्दै कृषि औजार तथा सामग्री बिक्री वितरण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त सप्लायर्सको शाखा २०८२ माघ १९ गते विधिवत रूपमा उद्घाटन गरिएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज दहित रहनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले आधुनिक कृषि औजारको प्रयोगले कृषकको उत्पादनशीलता वृद्धि हुनुका साथै आम्दानीसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा स्थानीय कृषिमा निर्भर किसान, व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी किसानहरूले स्थानीय स्तरमै आधुनिक कृषि औजार उपलब्ध हुन थालेपछि खेतीपाती सहज हुने, समय र श्रम बचत हुने तथा उत्पादन बढ्ने भन्दै खुसी व्यक्त गरेका थिए।
आजदेखि सञ्चालनमा आएको कुसुम्या सप्लायर्सबाट मकै छर्ने सिडर, जाप प्लान्टर, स्प्रे ट्याङ्की, च्याप कटर, बुस कटर, चेन स, वाटर पम्पलगायत विभिन्न प्रकारका आधुनिक कृषि मेसिन तथा सबै किसिमका पार्ट्सहरू सहज रूपमा उपलब्ध हुने बताइएको छ।
कुसुम्या सप्लायर्सका प्रोप्राइटर विनोद कुमार कुसुम्याका अनुसार, “किसानको आवश्यकता र क्षमतालाई ध्यानमा राखेर गुणस्तरीय, भरपर्दो र उचित मूल्यका कृषि औजार उपलब्ध गराउनु हाम्रो उद्देश्य हो। किसानको खेतमा सहजता ल्याउनु नै हाम्रो मुख्य लक्ष्य हो।”
स्थानीय किसानहरूले अब कृषि सामग्रीका लागि टाढा–टाढा जानु नपर्ने भन्दै कुसुम्या सप्लायर्सप्रति विश्वास व्यक्त गरेका छन्।
प्रोप्राइटर: विनोद कुमार कुसुम्या
सम्पर्क स्थान: तुलसीपुर बसपार्क, दाङ
सम्पर्क नम्बर:
📞 ९८४८०–९२०५३
📞 ९८१०८१–२०९०
✍️ समाचार कभरेज: भीम ओली एसबी

