Wed. Apr 15th, 2026

दाङ तुल्सिपुर १८ का डागी परिवारका जेठा छोरा ५८ वर्षपछि कुलदेउताको सम्झनामा भेट चढाए

दाङ, तुल्सिपुर – पिता मानबहादुर डाँगी र माता राधिका डाँगीको कोखबाट जन्मिएका जेठा छोरा डिल्लीबहादुर डाँगी, माइला छोरा किरण डाँगी र कान्छा छोरा राम ब डाँगी मध्ये, जेठा छोरा डिल्लीबहादुर डाँगीले ५८ वर्षको उमेरमा दाङ, तुल्सिपुर–८ मा रहेको आचार्य केसीको कुल पुजाईमा उपस्थित भएर आफ्नो मामा गोवर्धन केसीलाई सम्झेर, अर्थात् कुलदेउताको स्मरण गर्दै पुतिया (भेट) चढाएका छन्।

यस अघि भुल बस पुतिया दिन छुटेको हुँदा स्मरण गर्दै यस वर्ष डिल्लीबहादुर डाँगीले आफ्नो संस्कार र परम्परा जोगाउँदै श्रद्धाकासाथ भेट चढाएका हुन्। परम्पराअनुसार भेटमा बोका लैजाने चलन रहेको यस अवसरले डागी परिवारको कुलदेउता प्रति विश्वास र श्रद्धा अझ प्रगाढ बनाएको छ।

मामाले थानमा काम्दै ढिलै भयनी भान्जा लाई देखेर “हामी खुसी छौँ, मामालाई सम्झेर आईस हामीलाई मान्न आईस , इज्जत राखिस भन्दै भान्जाले ल्याएको कोसेली पुतिया भेट स्वीकार्दै कुलका घन्टीले थमथम्याउँदै गरेको दृश्यले सबैलाई भावुक बनायो

त्यसपछी उक्त आचार्य केसीको कुल पुजाइमा विधिवत रूपमा काम्दै भेट स्वीकारी सकेपछी काँधमा राखेर कुलदेवताको परिक्रमा गराउनुभएको दृश्यले उपस्थित सबैको मन छुने अनुभव गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *