दियालो अनलाइन डटकमद्वारा माक्स सहयोग

Bydipak oli

२०७८ श्रावण २७, बुधबार ०६:०६ गते २०७८ श्रावण २७, बुधबार ०६:०६ गते २०७८ श्रावण २७, बुधबार ०६:०६ गते

 ईश्वर वि सी,२७ श्रावण पछिल्लो समय सबै जनसमुदायकाे मन मुटुमा बस्न सफल दियालो अनलाइन डट कम द्वारा तुलसीपुर ईलाका प्रहरी कार्यालयले सञ्चालन गरेको तपाईंको माक्स खाेई अभियानलाई ५०० पिस माक्स सहयोग गरिएको छ । विश्वाव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाईरस (काेभिड-१९) राेगका कारण जनजिवन कष्टकर अवस्थामा छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार माक्सकाे प्रयोग पहिलो सुरक्षाको उपायमा पर्दछ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ नयाँ बसपार्कमा बसाेबास गर्ने ५०० जना व्यक्तिहरूलाई माक्स वितरण गर्नकै लागि तपाईंको माक्स खाेई अभियान लाई उक्त संख्यामा माक्स सहयोग गरिएको हाे । तेस्रो लहर फैलिन लागेको स्वास्थ्य मन्त्रालयकाे जानकारी अनुसार समुदाय स्तरमा केही हदसम्म भए पनि संक्रमण कम हाेस भन्ने उद्देश्यले थाेरै भए पनि एक ईट्टा थपियोस भनेरै सहयोग गरेको प्रधान सम्पादक दिपक वलीले जानकारी गराउनुभएकाे छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो