Thu. Apr 23rd, 2026

हेमन्त वली असार-०५,दाङ। विप्लव नेतृत्वको नेकपा दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाडापातु निवासी समाजसेवी दोर्ण वहादुर केसिको दुखद निधन प्रती श्रद्धाञ्जली व्यक्त गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित पुर्व सांसद ज्ञानु केसि,वडा नं.७ का पुर्व वडा अध्यक्ष समाजसेवी वसन्त केसि,वडा नं.७ का वडा अध्यक्ष टोप बहादुर केसिका पिता मृतक दोर्ण वहादुर केसि ८८ बर्षको उमेरमा क्यानसरको कारणले दुखद निधन भएको हो। नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप वली,घोराही नगर इन्चार्ज तिलक योगि,अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का,नेकपा दाङ जिल्ला कमिटी सदस्य द्वोय हेमन्त प्रकाश वली र राजकुमार क्षत्री सहितको टोलि आज मृतक केसिको घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *