नेपालमा आज १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७७ मंसिर ५, शुक्रबार १२:४७ गते २०७७ मंसिर ५, शुक्रबार १२:४७ गते २०७७ मंसिर ५, शुक्रबार १२:४७ गते

मङ्सिर ५।

नेपालमा आज १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि १०,३४१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिँदै आएको छ। यसप्रति जनस्वास्थ्यविद्‌हरूले चिन्ता व्यक्त गरेका छन्।शुक्रवार परीक्षणको लगभग १९ प्रतिशतमा सङ्क्रमण देखिएको छ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १७ हजार नजिक पुगेको छ। तीमध्ये एक लाखभन्दा बढी काठमाण्डू उपत्यकामा फेला परेका हुन्।अहिले पुष्टि भएका २४,६६५ जना सक्रिय सङ्क्रमित देशभरि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो