नेपालमा आज २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७७ मंसिर ४, बिहीबार १२:२८ गते २०७७ मंसिर ४, बिहीबार १२:२८ गते २०७७ मंसिर ४, बिहीबार १२:२८ गते

मङ्सिर ४।

नेपालमा आज २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिँदै आएको छ। यसप्रति जनस्वास्थ्यविद्‌हरूले चिन्ता व्यक्त गरेका छन्।तर पर्याप्त सङ्ख्यामा परीक्षण नभएको र लक्षणविहीन व्यक्तिहरूले हतपत परीक्षण गराउन चासो नदेखाउने भएकाले सङ्क्रमितको सङ्ख्या धेरै हुनसक्ने उनीहरूको भनाइ छ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १५ हजार नाघेको छ। तीमध्ये ९९,७६५ जना काठमाण्डू उपत्यकामा फेला परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो