Wed. Feb 25th, 2026

पल शाह आज तुलसीपुर महोत्सवमा आउँदै
दाङ, १७ पुस ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा आज चर्चित नायक पल शाह आउने भएका छन् । महोत्सवमा आज नायक शाहसंगै ख्यातिप्राप्त कलाकारको पनि प्रस्तुति रहनेछ ।

सांस्कृतिक संयोजक टिकाजंग वलीले महोत्सवको १४ औँ दिन आज नायक पल शाहसंगै चर्चित गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्का लगायतको प्रस्तुति रहने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि ‘प्रथम तुलसीपुर महोत्सव’ संचालन भइरहेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक प्रस्तुतिसँगै व्यापारिक स्टलहरू र बाल उद्यानदेखि जलपरी, लण्डन ब्रिजमा समेत अवलोकनकर्ताहरूको आकर्षण बढ्दै गएको छ ।

१४ औँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उपस्थिति अत्याधिक भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । दर्शकको उत्साहजनक सहभागीताले आर्थिक कारोबारलाई पनि थप चलायमान बनाएको छ ।

महोत्सवमा आज पनि दर्शकको सहभागीता उल्लेख्य हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । उहाँले दर्शकको उत्साहजनक सहभागीताले आयोजकलाई थप हौसला मिलेको बताउनुभयो । महोत्सव १९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *