Mon. Apr 13th, 2026

पाँच महिनाकी छोरीको मुस्कानका लागि बाँच्न चाहन्छिन् लिला परियार — क्यान्सरसँग लडिरहेकी एक आमाको मार्मिक अपिल

सल्यान जिल्ला बागचौर नगरपालिका–४, लौराबाङकी २० वर्षीया लिला परियार अहिले जीवनको सबैभन्दा कठिन संघर्षबाट गुज्रिरहेकी छिन्।
उनी अहिले चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छिन्।
क्यान्सरको पीडाले शरीर गलाउँदै लगेको छ, तर उनको मनमा अझै एउटा सपना बाँकी छ —
“मेरो सानी छोरीको भविष्य देख्न पाए हुन्थ्यो।”

लिलाको काखमा अहिले मात्र पाँच महिनाकी नानी छिन् — जसको हाँसो, जसको सानो न्यानो स्पर्शले लिलालाई फेरि फेरि बाँच्ने हिम्मत दिन्छ।
तर हरेक उपचारपछि, शरीर थक्छ र मनमा एउटै प्रश्न बल्झिन्छ —
“यदि म बाँचिनँ भने, मेरो छोरीको हेरचाह कसले गर्ला?”

लिलाको पीडा केवल एक आमाको पीडा होइन, यो हजारौँ आमाको कथा हो जसले परिवारका लागि आफ्नो जीवन दाउमा लगाउँछिन्।
उनले आँसु भरीको आँखाले अहिले देश–विदेशमा रहेका सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग आग्रह गरेकी छिन् —
“मलाई बाँच्नका लागि सहयोगको हात बढाइदिनुहोस्।
म बाँचें भने मेरो छोरीले पनि भविष्य देख्न पाउनेछ।”

लिला परियारको उपचार खर्च उच्च भएकाले उनका आफन्त र स्थानीय युवाहरूले सहयोग अभियान सुरु गरेका छन्।
साना–साना सहयोगका हातहरूले एउटा जीवन बचाउन सक्छ भन्ने विश्वासका साथ
उज्यालो नेटवर्क एण्ड मल्टीपर्पज प्रणालीले यो अभियानको सन्देश देश–विदेशका सबै नेपालीहरूमा पुर्‍याउँदैछ।

“हाम्रो सानो सहयोग, एउटा आमाको आशा बन्न सक्छ।
लिलाको छोरीले पनि आमा भनिरहन पाओस्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *