Fri. Apr 17th, 2026

एलिन के सी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्निको निधन भएको छ।उनको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बुधबार अपरान्ह पशुपति आर्यघाटमा दाहाललाई प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।त्यस्तै पशुपति आर्यघाटमा नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उहाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।

पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु तथा विभिन्न मन्त्री पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *