बिराटनगरमा असोज २५ देखि कक्षा ११ को परिक्षा सञ्चालन गर्ने तयारी, विद्यार्थीहरु कोरोनाले त्रसित

Bydipak oli

२०७७ आश्विन १३, मंगलवार ०७:३२ गते २०७७ आश्विन १३, मंगलवार ०७:३२ गते २०७७ आश्विन १३, मंगलवार ०७:३२ गते

असाेज १३ ; > उमा पाैडेल ( रेखा )< बिराटनगर माहानगरपालिका भित्र कक्षा ११ काे परीक्षा असाेज २५ बाट कार्तिक ३ सम्म सन्चालन गर्ने कार्य तालिका सार्वजनिक गरिएकाेछ । शिक्षा मन्त्रालयले माघ महिना सम्म कक्षा ११ काे परीक्षा सन्चालन गर्न बिद्यालयलाई निर्देशन दिएकाे थियाे । रास्ट्रिय परीक्षा बाेर्डले कक्षा ११ काे परीक्षा बिद्यालयले नै सन्चालन गर्ने गरि निर्देशीका जारी गरेकाे छ । त्यही अनुसार महानगरले समन्यय गरेकाे जनाईएकाेछ । बिराटनगर बाहेक अन्य स्थानीय तहले परीक्षा सन्चालनका लागि सुचना निकालेका छैनन् तर महानगर भित्र दशैंकाे मुखमा शिक्षकलाई पारिश्रमिक दिनु पर्ने भएकाेले अभिभावकबाट शुल्क उठाउनु पर्ने भएकाेले परीक्षा सन्चालन गर्न लागेकाे बिद्यार्थीहरुले गुनासाे गरेकाछन । माहामारी तिब्र रुपमा फैलिरहेकाे बेला बिराटनगरमा एक्कासी परीक्षा तालिका सार्वजनिक भए पछि बिद्यार्थीहरु अान्दाेलित बनेका छन बिराटनगरमा प्रदेश न. १ र २ मा ८,००० विद्यार्थी कक्षा ११ मा अध्यनरत रहेकाे कुरा जिल्ला शिक्षा कार्यलय माेरङ्गले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो