
कार्तिक १८।

मङ्गलवार थप ३,११४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप ३,१४२ जना सङ्क्रमणमुक्त भएका छन्।गएको २४ घण्टामा थप २० जनाको मृत्यु भएपछि नेपालमा कोभिड-१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार नाघेको छ।
मङ्गलवारसम्मको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार मृत्यु हुनेको सङ्ख्या १,००४ रहेको छ।
अहिलेसम्म सङ्क्रमित १,७९,६१४ मध्ये ३७,४७६ जनामा सक्रिय सङ्क्रमण छ। कुल १,४१,१३४ जना सङ्क्रमणमुक्त भएका छन्।गएको २४ घण्टामा ११,१६६ पीसीआर परीक्षण गरिएको थियो।
