
मानवताका हातहरूलाई सम्मान —
निमन्त्रणा विशेष: दियालो अनलाइनको कृतज्ञता समारोह
दाङ, तुलसीपुर ।
देश तथा विदेशमा रहनुहुने साथीभाइ, इष्टमित्र, छरछिमेक तथा सहयोगी मनहरूबाट प्राप्त अमूल्य साथ, विश्वास र सहयोगका कारण कालिकोट जिल्लाका विकट क्षेत्रका विद्यालयहरूमा सकारात्मक परिवर्तन सम्भव भएको छ। सान्नी त्रिवेणी गाउँपालिका वडा नं. २ र ३ अन्तर्गतका श्री गडुल स्नानी आधारभूत विद्यालय (नाइना) तथा श्री चन्द्रज्योति आधारभूत विद्यालय (चुचे ढुङ्गा) मा गरिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै दियालो अनलाइन डटकमले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।
दियालो अनलाइन डटकमको टोली दाङबाट कालिकोट पुगेर करिब १० दिनको बसाइका क्रममा सहयोगी दाताहरूले पठाउनुभएको सहयोग रकम तथा सामग्री जस्ताको तस्तै सम्बन्धित विद्यालयहरूमा हस्तान्तरण गरी फर्किएको छ। यस कार्यले पारदर्शिता, विश्वास र उत्तरदायित्वप्रति संस्थाको प्रतिबद्धता झल्कीएको छ।
सोही योगदानको उच्च कदर गर्दै आगामी २०८२ साल चैत्र ९ गते बिहान ९ बजे दियालो अनलाइन डटकमको कार्यालय, तुलसीपुर–दाङमा सहयोगी दाताहरूलाई सम्मान कार्यक्रम गरिदैछ।
कार्यक्रममा सहयोगी दाताहरूलाई औपचारिक रूपमा सम्मान गरिनुका साथै, आपसी आत्मीयता र सद्भाव सुदृढ गर्ने उद्देश्यले अर्गानिक मार्सी चामलको खिर समेत सामूहिक रूपमा ग्रहण गर्ने व्यवस्था मिलाइएको छ।
यस अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण फुर्सदले भ्याएसम्म सहयोगी दाताहरू, साथै स्वदेशमै रहनुहुने साथीभाइ, इष्टमित्र, छरछिमेक र शुभेच्छुक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन दियालो अनलाइन डटकम परिवारले हार्दिक निमन्त्रणा व्यक्त गरेको छ।
— दियालो अनलाइन डटकम परिवार
दाङ तुल्सीपुर
