
(हिमाल वि.क)
दाङ, ३० पुस ।
दाङमा लेनदेन मुद्धामा दुई वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्धाका अभियुक्त घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २८ वर्षिय राजेन्द्र गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
गुप्तालाई २०७७ साल पुस २९ गते दाङ देउखुरी जिल्ला अदालतले २ वर्ष कैद सजाय फैसला गरेको थियो । अभियुक्त गुप्तालाई एक वर्षपछि घोराही-१५ को तुलसीपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उनलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको उहाँले बताउनुभयो ।
