Thu. Apr 30th, 2026

वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न ।

रमेश बहादुर बुढा कालिकोट : सान्नी त्रिबेणि गाउँपालिका वडा नम्वर २ स्थित बुट्ठिकेमा पैठे जात्रा तथा वडास्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । २ न. वडा कार्यालयको प्राङ्गणमा जारी वडा स्तरिय पुरुष भलिबल तर्फको उपाधी वडा न . ९ को खेलाडी हरुले हात गरेको छ कर्णाली बहुउद्देश्यीय शान्ति युवा क्लब द्वारा आयोजना गरिएको उक्त भलिबल प्रतियोगिता वडा न . ९ ले प्रथम स्थान र आयोजक कर्णाली बहुउद्देश्यीय शान्ति युवा क्लबले दोस्रो स्थान हात हासिल गरेको छ । असोज १२ गते देखि असोज १३ गते सम्म सञ्चालित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा जम्मा ७ वटा टिमको सहभागिता रहको थियो । प्रथम हुने वडा न. ९ को टिमलाई नगद रु २० हजार , मेडल र प्रमाणपत्र र द्धितिय हुने आयोजक कर्णाली बहुउद्देश्यीय शान्ति युवा क्लब टिमलाई १० हजार , मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक कर्णाली बहुउद्देश्यीय शान्ति युवा क्लबका अध्यक्ष गोबिन्द बहादुर बुढाले जानकारी दिनुभयो । त्यसैगरि प्रतियोगीतामा पुरुष उत्कृष्ट खेलाडी वडा न. ९का खेलाडी माइकल धामी लाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको उक्त क्लबका अध्यक्ष गोबिन्द बहादुर बुढाले बताउनभुयो ।कर्णाली बहुउद्देश्यीय शान्ति युवा क्लबका अध्यक्ष गोबिन्द बहादुर बुढाको सभाअध्यक्षतामा गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहमहामन्त्री धनबहादुर बुढा र विशेष अतिथिमा राष्ट्रिय भलिबल खेलाडी खेमराज गिरि रहनुभएको थियो ।
रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *