टप्पा गीतमार्फत उज्यालो नेटवर्क एन्ड मल्टिपर्पज प्रा.लि.का शैक्षिक कार्य सार्वजनिक हुँदै


शिक्षा, सामाजिक उत्तरदायित्व र सकारात्मक सन्देशलाई कलात्मक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित उज्यालो नेटवर्क एन्ड मल्टिपर्पज प्रा.लि. ले आफूले गरेका शैक्षिक कार्यहरू समेटिएको विशेष टप्पा गीत सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीले विद्यालय, विद्यार्थी तथा शैक्षिक क्षेत्रलाई लक्षित गरी सञ्चालन गरेका विभिन्न गतिविधि, सहयोग र सामाजिक योगदानलाई गीत तथा भिडियोमार्फत आकर्षक ढङ्गले प्रस्तुत गरिएको जनाएको छ। कम्पनीका अनुसार सूचना, मनोरञ्जन र सामाजिक सन्देशलाई एकैसाथ प्रवाह गर्ने उद्देश्यले यो सिर्जना तयार गरिएको हो।
उक्त भिडियो सार्वजनिक भएपछि कम्पनीले शिक्षा क्षेत्रमा गरेका प्रयास, सामाजिक उत्तरदायित्व तथा भावी योजनाबारे आम नागरिकले सहज रूपमा जानकारी प्राप्त गर्ने विश्वास लिइएको छ।
उज्यालो नेटवर्क एन्ड मल्टिपर्पज प्रा.लि.ले आगामी दिनमा पनि शिक्षा, सामाजिक विकास तथा सिर्जनात्मक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले सबैलाई भिडियो हेरी सुझाव, प्रतिक्रिया तथा साथ–सहयोग प्रदान गर्नसमेत आग्रह गरे
