वन प्राविधिक समाज दाङले ‘कोभिड-१९ पिडितहरुमा सहयोग

Bydipak oli

२०७८ जेष्ठ १८, मंगलवार १२:५१ गते २०७८ जेष्ठ १८, मंगलवार १२:५१ गते २०७८ जेष्ठ १८, मंगलवार १२:५१ गते

वन प्राविधिक समाज दाङले ‘कोभिड-१९ पिडितहरुलाई राहात वितरण गरेको छ । यस अभियानले कोभिड-१९ ले निम्त्याएको लकडाउन का कारण दैनिक ज्याला मजदुरी गर्न नपाएर विहान वेलुका छाक टार्न समेत समस्या परेका दाङ जिल्ला वासिलाई निरन्तर रुपमा राहत वितरण गर्दै आएको छ । यसै अभिनयन अन्तर्गत आज बैधाख १८ गते पनि घोराही वडा नं ४ सुनपुर निवासी अति बिपन्न, दलित तथा मजदुरहरु का ४ परिवारलाई घोराही निवासी वन विज्ञानका विद्यार्थी सौगात अधिकारी को नेतृत्व को टिम ले प्रति परिवार १ बोरा चामल, ५ किलो दाल, ४ किलो नुन र २ लिटर तेल का दरले खाद्यान्न सहित कोरोना बाट सुरक्षित रहन मास्क समेत सहयोग गरेको छ । यस अभियानमा का संयोजक ज्ञान बहादुर रावत ज्यु ले हाल वन प्राविधिक समाज दाङ ले कोरोना प्रभावित मजदुर, विपन्न तथा दलित परिवारको जिविकोपार्जन सहज बनाउन केही दिन अघि मात्र मानव सेवा आश्रम दाङ सहित तुल्सिपुर तथा घोराहिका विभिन्न वडामा खाद्यान्न सहयोग गर्दै आएको र अन्य स्थानिय तह हरुमा पिडित पहिचान भएलगत्तै राहत प्रदान गर्न तत्पर रहेको बताउनुभयो । साथै वास्तविक पिडितलाई सम्पर्कमा ल्याउन मिडियाकर्मी तथा आम नागरिक मा अनुरोध संयोजक : ९८२८८९७७३२, ९८६५१७४१७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो